Logo

सेस नेपालद्वारा फोटोग्राफी प्रतियोगिताको आह्वान !



Spread the love

 

सिभिल इन्जिनियरिङ्ग विद्धार्थी समाज (सेस नेपाल) पुल्चोक क्याम्पसले ‘रि-क्याप्चरिङ्ग पुल्चोक क्याम्पस’को थिममा आधारित फोटोग्राफी प्रतियोगिताको आह्वान गरेको छ ।

प्रतियोगितामा बिल्कुल पुल्चोक क्याम्पस प्रतिबिम्बित हुने फोटोहरू मात्रै सहभागी गराउन पाइनेछ । सेस परिवार प्रतियोगितामा केवल फोटो मात्रै होइन, यादहरू पनि क्याप्चर गर्न चाहन्छ ।

उत्कृष्ट फोटोग्राफीलाई सेस परिवारद्वारा स-सम्मान विभिन्न पुरस्कारसँगै मेडल तथा सर्टिफिकेटद्वारा पुरस्कृत गरिने सेस नेपालका सचिब अभिनय अधिकारीले सल्लेरी खबरलाई बताएका छन् । साथै, उनका अनुसार उत्कृष्ट तीन जनालाई सेस डिजाइन समितीमा समेत समेटिने छ ।

फोटो सेस नेपालको ठेगाना [email protected] मा यही पुष १३ गतेसम्ममा पठाइ सक्नु पर्नेछ ।

#CESS_NEPAL

#RECAPTURING_PULCHOWK_CAMPUS

प्रतिक्रिया दिनुहोस्