Logo

भ्रष्टचार नगर्ने उपसचिवको पिडा : केपी ओलिदेखी गोकर्ण बिष्टलाई चुनौती



Spread the love

‘यहाँ कर्मचारी नै सबैभन्दा भ्रष्ट छन्, यिनीहरुले कति भ्रष्टाचार गरेका छन् मलाई थाहा छ, नेताले गर्ने बदमाशीबारे उनीहरु नै जान्दछन्’, सञ्जेलले अगाडि भने, ‘मैले ४० वर्षको यो अवधिमा घुस लिएको एकजना मान्छे देखाउन चुनौती दिन्छु । श्रममन्त्री विष्ट र प्रधानमन्त्री केपी ओलीलाई पनि यो मेरो चुनौती हो ।’

भ्रष्टाचारविरुद्ध संघर्ष गर्दै आएका एकजना उपसचिवले प्रधानमन्त्रीलाई चुनौती दिएका छन् । सरकारी कार्यालयमा हुने भ्रष्टाचार र ढिलासुस्तीविरद्ध आवाज उठाउँदै उपसचिव प्रेम सञ्जेलले श्रममन्त्री गोकर्ण विष्ट र प्रधानमन्त्री केपी शर्मा ओलीलई कडा चुनौती दिएका हुन् ।कार्यअवधि नपुगी प्रदेश १ को अस्थायी राजधानी विराटनगरस्थित श्रम कार्यालयबाट दुई महिनामै इटहरी सरुवा गरिएपछि सञ्जेलले आफ्नो सरुवाको जवाफ सचिव महेश दाहाल, श्रममन्त्री गोकर्ण विष्ट र प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुपर्ने बताएका हुन् ।

सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर उपसचिव प्रेम सञ्जेलले आफूमाथि भ्रष्टाचारको आरोप लगाउनेहरुले आरोप प्रमाणित गरेमा ज्यानै त्याग्न तयार रहेको पनि उल्लेख गरे । आक्रोशित मुद्रामा प्रस्तुत भएका सञ्जेलले भने, ‘यदि मैले घुस लिएको प्रमाणित गरेर देखाएमा म ज्यान पनि दिन तयार छु । यो कुराको पुष्टि गरेर प्रधानमन्त्री केपी ओली, श्रममन्त्री गोकर्ण विष्ट र सचिव महेश दाहालले देखाउन सक्नुपर्छ ।’

‘म अझै चुनौती दिन चहान्छु, मैले घुस खाएको प्रमाणित गर्नुभयो भने आउनुस् रंगशालामा यदि पुष्टि गर्न सक्नु भयो भने म ज्यानै दिन पनि तयार छु, अदालतमा जाने त के कुरा ।’

अढाई महिनामै आफ्नो सरुवा गरिएपछि उपसचिव सञ्जेलले कुनै पनि बहानामा कोही कसैलाई निश्चित बिन्दुसम्म मात्रै खेद्नुपर्ने बताए । ‘कसैलाई धेरै खेद्नु प्रत्युत्पादक हुन्छ । हामीलाई थाहा छ सिंहले धेरै लखेटेपछि राँगाले उल्टै ज्यान लिएको कुरा, त्यसैले त्यो अवस्था कर्मचारीवृत्तमा पनि नआओस ।’ उपसचिव सञ्जेलले आफ्नो घरमा एउटा साइकलसमेत नभएको अवस्थामा सहयोगीको भने कारसमेत रहेको बताउँदै त्यो सचिव दाहाल, मन्त्री गोकर्ण विस्ट र प्रधानमन्त्री कसले किनिदिएको जबाफ दिनुपर्ने चुनौती पनि दिए । उनले यदि कसैले किनिदिएको होइन भने त्यो कारको स्रोतको ‘थाहा’ हुनुपर्ने पनि दावी गरे । उनलले आफूले भ्रष्टाचार गरेको प्रमाणित यदि कसैले गर्छ भने ज्यानै त्याग्न पनि पछि नपर्ने बताएका छन् । ‘भ्रष्टाचारविरुद्ध बोल्दा उल्टै भ्रष्टाचारी भनेर सरुवा गरिएको छ’, सञ्जेलले थपे, ‘मलाई दुई महिनामै सरुवा गर्नेहरु तिनै भ्रष्टाचारी, भ्रष्टाचारीका मतियारहरु हुन्, उद्योगी त मसँग डराएर सरुवा गराउन लागेका थिए । मैले कनै पनि हालतमा निजीक्षेत्रमा न्यूनतम् पारिश्रमिक लागू गर्ने भएकैले उनीहरु आत्तिएर मेरो सरुवा गराउन लागेका हुन् ।’

भिडियो हेर्नुहोस !

प्रतिक्रिया दिनुहोस्