Logo

अस्पतालको आकस्मिक कक्षको लागि कम्मल बितरण



Spread the love

kambal-bitaran

ठकुरी सहयोग सञ्जाल सल्यानले जिल्ला अस्पताल सल्यानको आकस्मिक कक्षको लागि कम्मल (ओढने वस्तु) बितरण गरेको छ । २९५ औं पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिबसको अबसरमा पारेर कम्मल बितरण गरिएको हो ।

सामाजिक काममा अग्रसर बन्दै गएको सञ्चालले जाडो समयमा अस्पतालमा भर्ना भएका बिरामी तथा बिरामी कुरुवाहरुलाई सहज होस भन्ने उद्देश्यले कम्मल बितरण गरेको ठकुरी सहयोग सञ्जाल सल्यानका अध्यक्ष प्रकाश बाबू चन्दले जानकारी दिए  ।

उनले  बिगतका दिनमा जस्तै सञ्जालले अब पनि सामाजिक कार्यमा अग्रसर बन्ने बताए  ।
सञ्जालले आर्थिक, सामाजिक रुपमा पछाडी परेकाहरुको उत्थानको लागी काम गर्दै आएको छ । कार्यक्रममा ठकुरी सहयोग सञ्ंजाल सल्यानका उपाध्यक्ष धिरेन्द्र हमाल, सचिब प्रशान्त सागर हमाल, सहसचिब अर्जुन शाह, सदस्यहरु नवीन मल्ल, महेन्द्र हमाल र चिरञ्जीवी शाह लगाएतकाको सहभागिता रहेको थियो ।

यसैबिच अस्पतालमा कम्मल उपलब्ध गराई दिएको भन्दै अस्पताल स्रोतले सञ्जाललाई धन्यबाद ज्ञापन गरेको छ । कम्मल बितरण कार्यक्रममा जिल्ला अस्पताल सल्यानका निमित प्रमुख बिमल श्रेष्ठ, डा. श्रृष्टि सुब्बा, भिम रोका लगायतको पनि सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्