Logo

हिउँदे अधिवेशन प्रभावकारी बनाउन नेकपाले भूमिका खेल्ने



Spread the love

११ पुस, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सङ्घीय संसदको हिउँदे अधिवेशन प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने भएको छ । नेकपा संसदीय दलको आज यहाँ बसेको बैठकले संविधान र सङ्घीयता कार्यान्वयनका लागि आवश्यक विधेयक पारित गर्न आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।

बैठकमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले संसद अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका संसदलाई निर्देशन दिएको प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए । बैठकले दलको विधान समेत पारित गरेको उहाँले बताउनुभयो । सङ्घीय संसदको तेस्रो अधिवेशन आजदेखि प्रारम्भ भएको छ ।

प्रतिक्रिया दिनुहोस्