Logo

प्रधानमन्त्री ओलीले भने, “यसवर्षदेखि कठ्यांग्रिएर कसैले मर्नुपर्दैन”



Spread the love

प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षदेखि जाडोले कठ्यांग्रिएर कसैको मृत्यु नहुने दावी गरेका छन् । शुक्रबार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) को तेस्रो श्रम संसदको उद्घाटन गर्दै उनले शीतलहरबाट तराईका गरीबलाई जोगाउन तयारी भइसकेको बताएका हुन् ।

‘शीतलहरबाट जोगाउनका लागि सुरक्षा निकाय, स्थानीय तह प्रशासन, निजी क्षेत्र सबैसँग समन्वय गरिएको छ’ उनले भने ‘यस बर्षदेखि जाडोले कठ्यांग्रिएर कसैले मर्नुपर्दैन ।’

‘हामीले मजदुरको मात्र होइन उद्योगीहरुको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौं’ प्रधानमन्त्री ओलीले भने ‘मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो ।’

प्रधानमन्त्री ओलीले सरकारले धनीलाई थप धनी हुनबाट नरोकी गरीबलाई धनी बनाउने बताए । ‘सामाजिक समानताका आधारमा गरीबलाई पनि खान लाउन र दैनिक जीवन सहजले धान्न पुग्ने गरी कार्यक्रमहरु ल्याउछौं’ उनले भने ‘सामाजिक विभेद हटाउन धेरै समय नलागे पनि सामाजिक समानताका लागि अलिकति समय लाग्छ । तर हामी त्यो अवस्थामा पुग्छौं ।’‘सरकारले अधिनायकवाद ल्याउँछ भनेर जनतालाई आंतकित पार्नु र बालबालिकालाई भूत आयो भनेर तर्साउनु उस्तै हो’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्