Logo

काठमाडौं युनिभर्सिटिमा सुपर कम्प्युटर



Spread the love

काठमाडौं विश्वविद्यालय (केयू) ले मुलुकमा नै पहिलो ‘सुपर कम्प्युटर’ भित्र्याएको छ । जेनेभास्थित विश्वप्रसिद्ध वैज्ञानिक अनुसन्धान प्रयोगशाला युरोपियन ल्याबोरेटरी फर प्राक्टिकल फिजिक्स’ ले केयूलाई यहाँ जडित सुपर कम्प्युटर, नेटवर्क स्विच र केही यन्त्रहरू उपलब्ध गराएको हो ।

सामान्य कम्प्युटरभन्दा कैयौं गुणा बढी गणना वा डाटा प्रोसेसिङ गर्ने क्षमता सुपर कम्प्युटरको हुन्छ । समानान्तर प्रोसेसिङ गर्ने सुपर कम्प्युटरले एकै साथ धेरै प्रकारका इन्पुट लिने, स्टोर गर्ने, प्रोसेस गर्ने र आउटपुट दिने काम गर्छ ।

यसको प्रयोगले भूकम्प प्रतिरुपण, जलवायु परिवर्तन, एचवानएनवान भाइरस नियन्त्रण, नवजात शिशुमा लाग्ने रोगहरूको आनुवंशिक विश्लेषण, प्रदूषण निवारणमा वातावरणसम्बन्धी तथ्यांकहरूको विश्लेषण, विभिन्न नदीहरूको जलविद्युत् सम्भाव्यता लगायतमा उच्चस्तरको अध्ययन गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्