Logo

स्वर्णपदक विजेता महर्जन पुरस्कृत



Spread the love

नेपाल औषधि बिक्री प्रबन्धक सङ्गठनले महेश्वर महर्जनलाई शनिबार यहाँ एक कार्यक्रममा रु एक लाख एक हजार नगदसहित सम्मान गरेको छ । हालै सम्पन्न १०औँ वल्ड बडिबिल्डिङ एण्ड फिजिक स्पोर्टस फेडरेशन च्याम्पिनसिपमा विश्वविजेता बनेर महर्जनले राष्ट्रको गौरव बढाएको भन्दै सो सम्मान गरिएको हो । सम्मानित महर्जनले खेलकूदका माध्यमबाट आफूले प्राप्त गरेको सफलता सबै नेपालीको गौरवको विषय भएको विचार व्यक्त गर्नुभयो ।

उहाँले आफूले पनि अन्तर्राष्ट्रिय पदक ग्रहण गर्दा देशका लागि केही गरौँ भन्ने ऊर्जा थपिने गरेको अनुभव सुनाउनुभयो ।

कार्यक्रम आयोजक संस्थाका अध्यक्ष सुरजीत दत्त, नेत्रनाथ पौडेललगायतले महर्जनले अन्तर्राष्ट्रिय तहमा भएको उक्त प्रतिस्पर्धामा नेपाल र नेपालीको गौरव बढाएकामा खुशी व्यक्त गर्दै उहाँको जीवनको सफलताको शुभकामना दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्