Logo

“वाईडबडीमा भ्रष्टचार गर्ने सरकारले राजिनामा दिनु पर्छ” : सांसद सिंह



Spread the love

नेपाली कांग्रेसका नेता एवं सांसद डा .अमरेशकुमार सिंहले वाईडबडी प्रक्रकरणमा चरम भ्रष्टचार भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सिंहले वाईडबडी प्रकरणले आलोचित बनिरहेको सरकारले नैतिकताको आधारमा राजिनामा दिनु पर्ने बताए ।

दुई तिहाई मतको सरकार यति ठुलो भ्रष्टचारमा मुछिएको भन्दै उनले सरकार कमिसनको चक्करमा फसेको भन्दै भ्रष्ट सरकारलाई पदमा रहन कुनै अधिकार नभएको बताए ।

उनले भने “आउटडेटेट विमान खरिद गरिएको छ। सम्झौता एउटा कम्पनीसंग र खरिद अर्के कम्पनीसंग भएको छ । जुन कम्पनीसंग विमान खरिद गरिएको छ त्यो भ्रष्टचार गर्नकै लागि बनाईएको हो” । उनी अगाडी थप्छन् “२६ जनवरी २०१७ मा सम्झौता गरिएको छ तर कम्पनी दर्ता २१ फ्रेबु्रअरी २०१७ मा दर्ता भएको छ । झण्डै एक महिनापछि कम्पनी दर्ता भएको छ यस्तो पनि कही हुन्छ ?।

उनले ल्याएको जहाजको तौल पनि सम्झौता भए अनुसारको नभएको दाबी गरे । सिंहले उनले वाईडबडी खरिदमा भ्रष्टाचार भएको सम्पूर्ण प्रमाण आफुसंग रहेको दाबी गर्दे सबै प्रमाण संसदमा पेश गर्ने बताए । विमान खरिदमा चरम भ्रष्टचार भएको भन्दै उनले दुबै सदनको संयुक्त समिति गठन गरेर भ्रष्टचारीलाई कारवाही गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्