Logo

“धैर्य गर्नुस रेल आउँछ पानी जहाज पनि आउँछ टिकट काट्न पनि पाईन्छ ” : प्रधानमन्त्री



Spread the love

आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पानीजहाजको टिकट पाउने काउन्टर खुल्ने तयारी भईरहेको बताएका छन् । ओलीले नेपाली जनताहरुलाई धर्य गर्न आग्रह गरे । आफुले पानी जहाज चलाउँछु भन्दा हाँसोमा उडाएको स्मरण गर्दे उनले पहिलो पानी जहाज चलाउँछु भन्दा कागजको पानी चलाउँने भन्दै उडाएको र अहिले भने पानीजहाजको टिकट कहाँ पाइन्छ भनेर सोध्न थालेको सुनेको बताए । उनले भने ‘कहाँ छ पानीजहाजको टिकट पाउने ठाउँ भनेर सोधेको पनि सुनें ’ ।

‘पहिला सम्भव छैन भन्नेलाई पनि लाग्न थाले पानीजहाज चल्ने भएछ, ढुक्क हुनुस् एकदिन पानीजहाजको टिकट पाउने काउन्टर पनि खुल्नेछ।’ यसअघि ओलीले पुस १६ गतेदेखि कोशीमा पानीजहाज चल्ने बताएका थिए र सोही कारण बिपक्षीदेखि सामाजिक सञ्जालमा समेत उनको यस भनाईको खिल्ली उडाउँदै टिकट कहिले काटन्े होला भन्दै चर्चा भएको थियो । यता प्रधानमन्त्रीले भने भारत गंगा नदी हुँदै नेपालका विभिन्न नदीमा पानीजहाज चलाउनेबारे अध्ययन भइरहेको बताए ।

उनी भन्छन् “धैर्य गर्नुस रेल आउँछ पानी जहाज पनि आउँछ टिकट काट्न पनि पाईन्छ काउन्टर पनि खुल्छ” । उनले केरुङ काठमाडौँ रेलमार्ग , काठमाडौँ पोखरा लुम्बिनी रेलमार्गको पूर्व सम्भाव्यता अध्यन गरी समझदारी पत्रमा हस्ताक्षर भईसकेको र रक्सौल काठमाडौ रेल मार्गका लागि समझदारी पत्रमा हस्ताक्षर भईसकेको , कुर्थादेखि जयनगरसम्म तयार भएको लिगमा नेपालकै रेल गुड्ने तयारीमा रहेको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्