Logo

वाइडवडी प्रकरणमा पुर्वाग्रही ढंगले मेरो नाम जोडिएको छ : मन्त्री अधिकारी



Spread the love

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री रविन्द्र अधिकारीले वाइडवडी विमान खरिद प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै पुर्वाग्रही ढंगले आफ्नो नाम जोडिएकोमा दुख व्यक्त गरेका छन्।

आईतबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरि उनले विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन्। संसदीय समिति अन्र्तगतको उपसमितिले विमान खरिद प्रकरणमा अधिकारी सहित ३ मन्त्री र दुई वहालवाला सचिव र पुर्व सचिवको पनि संलग्नता रहेको प्रतिवेदन सार्वजनिक भएपछि मन्त्रीले पत्रकार सम्मेलन गरि आफु निर्दोष भएको दाबी गरेका छन्।

उपसमितिले आफ्नो प्रतिवेदनमा विमान खरिदमा महालेखा परीक्षकको प्रतिवेदनमा बैधानिक नदेखिएको भन्दै प्रश्न उठेपछि पनि सो बारे यथार्थ नबुझि अन्तिम किस्ता भुक्तानीका लागि स्वीकृति दिएको तथा संसदीय समितिमा झुटा विवरण प्रस्तुत गरेकाले मन्त्री अधिकारीको विमान खरिदमा भएको अनियमिततामा संलग्नता देखिएको ठहर गरिएको छ । उनले यस सम्बन्धमा यथार्थ छानविन गरि सत्य तथ्य बाहिर ल्याउनुपर्ने र ती अध्ययन अनुसन्धानमा सहयोग पुर्याउने पनि बताए।

पत्रकार सम्मेलनको सुरुमा नै उनले २०७४ चैत्र ३ गते देखि आफुले मन्त्रालय सम्हालेको र मन्त्रालयका कामहरु प्राथमिकताका आधारमा कार्ययोजना बनाई अघि बढाएको बताए। उनले आर्थिक बर्ष२०७१÷७२ को बजेटमा थप नया जहाज खरिद गरि संचालनमा ल्याउने भनिएको देखि जहाज ल्याउने अन्तिम मिति सम्म विभिन्न चरणमा भएका कार्यहरुको फेयरिस्तलाई बुँदागत रुपमा प्रस्तुत गर्दै विमान खरिदमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरे।

पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटा सहितका अधिकारीहरु उपस्थित थिए । यसैबीच विमान खरिद प्रकरण बारे अध्ययन गरेको उपसमितिको प्रतिवेदनलाई अन्तिम टुंगो लगाई कारवाहीको सिफारिसको निर्णय गर्न अहिले केहीबेरमा सार्वजनिक लेखा समितिको पनि बैठक बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्