Logo

महिला राष्ट्रिय कबड्डी बुधबार



Spread the love

२४ पुस, भक्तपुर – भक्तपूरमा पहिलो पटक ‘महिला राष्ट्रिय कबड्डी प्रतियोगिता’ हुने भएको छ ।

भक्तपुर नगरपालिका–४ खेलकूद समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगिता सोमबारदेखि भक्तपुरको शहीद स्मृति खेलमैदानमा शुरु हुने जानकारी दिइएको हो । प्रतियोगितामा भक्तपुर, काठमाडौँ, ललितपुर, बारा, नवलपुर, नवलपरासी, कैलाली, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत विभिन्न ठाउँबाट टोली सहभागी हुने कार्यक्रमका संयोजक एवं समितिका अध्यक्ष पशुपति प्रजापतिले जानकारी दिए ।

‘लिगकम नकआउट’ का आधारमा खेलाइने खेलमा प्रथम हुने टोलीलाई रु ५० हजार, द्धितियलाई रु ३० हजार र तृतीय हुने दुई वटा टोलीलाई रु १०–१० हजारका दरले नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने समितिका सदस्य कृष्णसुन्दर प्रजापतिले जानकारी दिए ।

प्रतियोगिताका प्रत्येक खेलमा ‘म्यान अफ दी म्याच’, ‘बेस्ट रेर्डर’ र ‘बेस्ट क्याप्चर’ घोषणा गरी प्रत्येक खेलाडीलाई नगद रु दुई हजारका दरले पुरस्कार प्रदान गरिने सदस्य प्रजापतिले जानकारी दिए । प्रतियोगितामा उत्कृष्ट निर्णायकसमेत छनोट गरी पुरस्कार दिइने छ ।

प्रतिक्रिया दिनुहोस्