Logo

विप्लव नेतृत्वको नेकपाका कार्यकताले मेयरलाई दले कालो मोसो



Spread the love


आज प्युठानमा नेत्रविक्रम चन्द – (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरु्रले मेयरलाई कालो मोसो दलेका छन् । स्वर्गद्धारी नगरपालिकाका मेयर नेत्रबहादुर रोकायलाई उनीहरूले कालो मोसो दलेका हुन । पार्टीद्धारा जारी विज्ञप्तिमा भनिएको छ । आफ्नो पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेको आरोपमा कालो मोसो दलिएको हो  ।

यस सम्बन्धमा प्युठानका प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकी सँग सम्पर्क राख्दा मेयर रोकाय माथि सो पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेको बताए । उनले भने–‘ उनीहरूले कालो मोसो दल्न खोज्दा पुरै मोसो नदलिए पनि कपडामा केही कालो लागेको छ । ’

मेयर रोकायले उपभोक्ता समितिमा आफ्ना पार्टीका कार्यकर्ताहरूलाई उपभोक्ता समितिमा पदाधिकारी बनाई किर्ते विल भर्पाही मिलाई मोटो रकम अनियमित गरेको आरोप समेत लगाइएको छ । विज्ञप्तिमा भनिएको छ–‘ जनता माथि अनावश्यक कर थोपरेको , संस्थागत रूपमा भ्रष्टाचार गरेको , आफू निकटलाई नियुक्त गरेकोले जनकार्बाही स्वरुपम कालो मोसो दलिएको हो ।’

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्