Logo

सल्यानका आमा समूह सामाजिक काममा सक्रिय बन्दै ।



Spread the love

पुस्पा बुढाथोकी
असार १९
सल्यानको निगाल्चुलामा रहेको एक आमा समूह सामाजिक क्रियाकलापमा सक्रिय बन्दै गएको छ । निगाल्चुला गाविस वडा नं ३ मा रहेको आमा समूहले सिङगो वडालाईनै पुर्न रूपमा मधिरा निषेधित गर्ने अभियान संन्चालन गरेको छ । विगत केही महिना देखी अभियान सञ्चालन गरेको तथा त्यो अभियान लाई सफल पार्नको लागी (आज) आइतबार जिल्ला प्रशासन कार्यलय सल्यान, जिल्ला प्रहरी कार्यलय सल्यान, जिल्ला शिक्षा कार्यलय सल्यान, घरेलु तथा साना उद्योग विकास कार्यलय सल्यान र गाविसको कार्यलय निगाल्चुला सल्यानमा पनि पूर्ण सहयोगको अपेक्ष सहित ध्यानार्कषन पत्र बुझाईएको समूहका अध्यक्ष तिलसरा बलिले बताउनुभयो । गाउँ समाजमा मधिरा सेवनले महिला हिंसा लगाएतका विकृति बढाउने सक्ने भन्दै सबैलाई सचेत र जागरुप बनाउन यो अभियान चलाईएको अध्यक्ष बलिले बताउनुभयो । अध्यक्ष बलिले गाउँ समाजमा मदिरा बेचबिखन र सेवन नगरी पूर्ण मधिरा निषेधित वडा बनाउनको लागी सहयोग गर्न सम्पुर्नलाई अपिल समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्