Logo

पूर्वराजा भन्छन् “देश भन्दा ठुलो कुनै वाद हुँदैन”



Spread the love

पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको २९७औं जन्मजयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गरेका छन् । उनले सन्देशमा देश भन्दा ठुलो कुनै बिचार वा वाद हुन नसक्ने बताएका छन् । पृथ्वी जयन्तीमा बिदा नदिएकोबारे इंगित गर्दे शाहले देश निर्माणमा बलिदान दिने वीर वीरङ्गना एवम् सपूतहरुको उत्सर्ग विर्संदा नै देश आज सकसपूर्ण र कपटपूर्ण अवस्थामा गुज्रेको उनले दाबी गरेका छन् ।

उनले नेपाली राष्ट्रिय एकताका प्रवद्र्धक राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभ अवसरमा समस्त नेपाली दिदी बहिनी तथा दाजुभाइहरुमा परस्पर प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना समेत व्यक्त गरेका छन् । शाहले जारी गरेको सन्देशमा लेखिएको छ ‘एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण क्षण, राष्ट्र निर्माणकै दिन हो ।

राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपुतहरुको उत्सर्ग हामी कहिल्यै भूल्न सक्दैनौं र हूंदैन । भुलेर, अलमलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जुन सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रँदैछ’ । एउटा नागरिकको निम्ति देशभन्दा ठूलो अर्को कुनै वाद वा विचार हुन नसक्ने भन्दै उनले नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दूराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षति पु¥याउँने , अनूशासनहिनता र अराजकतालाई प्रोत्साहन गर्ने जस्ता कार्य कुनै वाद र विचारका आडमा गरिनु हुँदैन भन्ने आफ्नो मान्यता रहेको बताएका छन् ।

शाहले भनेका छन् ‘नेपाल रहँदा मात्र नेपाली हुनुको गौरव जीवन्त रहने यथार्थलाई आत्मसात गर्दै राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराजको पदचापमा हिँड्ने प्रेरणा सबै नेपालीमा प्राप्त हुने विश्वास हामीले गरेका छौँ’ ।

प्रतिक्रिया दिनुहोस्