Logo

सुनसरीमा दैनिक सात वटा सम्बन्धविच्छेद !



Spread the love

divorce

सुनसरीमा पछिल्लो समय सम्बन्धविच्छेदका घटना बढेको छ । जिल्ला अदालत सुनसरीका अनुसार पछिल्लो चार महिनामा ४९ वटा समबन्धविच्छेदका मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालतमा दैनिक चारदेखि सात वटासम्म सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेको तथ्यांक छ ।

 

अदालतको डायरी फाँटका नायब सुब्बा नबीन कोइरालाका अनुसार अघिल्लाे वर्ष ७४ वटा मुद्दा दर्ता भएको थियो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यो तथ्यांक महिलाले अदालतमा दर्ता गराएका मुद्दाहरुको मात्रै हो । प्रहरीमा पुरुषहरुले पनि उत्तिकै सम्बन्धविच्छेदका लागि निवेदन दिने गरेका छन् ।

कोइरालाका अनुसार सम्बन्धविच्छेदको मूल कारण वैदेशिक रोजगारी हो । सँगै एक्लोपना र सामाजिक सञ्जालका कारण पनि सम्बन्धविच्छेदको घटना बढेको हो ।

प्रतिक्रिया दिनुहोस्