Logo

“थापाको धोकालाई इतिहासले मुल्यांकन गर्छ” : रविन्द्र मिश्र



Spread the love

वैकल्पिक राजनिती गर्दै आएको भनिएको विवेकशील साझा पार्टी पनि विघटन भएपछि यतिबेला सामाजिक सञ्जालमा जुनै जोगी आए पनि कानै चिरेका भन्दै प्रतिक्रिया दिनेहरु बढेका छन् ।पार्टी अध्यक्षद्धय उज्वलबहादुर थापा र रविन्द्र मिश्रबीच मतभेद बढेपछि थापा पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्तापनि गरिसकेको छ । विभिन्न खाले टिकाटिप्पणीहरु भईरहेका बेला पार्टी प्रवक्ता डा. सूर्यराज आचार्यले एक बिज्ञप्ती जारी गर्दै नयाँ दल दर्ताको घटना दुखद भएको बताएका छन् ।

संयोजक थापाले केहि केन्द्रिय सदस्यहरुलाई लिएर नयाँ दल दर्ताको लागि निवेदन दिएको घटना धोकापूर्ण रहेको बताएका छन्। साथै पार्टीले यो घटनाको इतिहासले मुल्याङ्कन गर्ने समेत बताए। “उहाँहरुले वैकिल्पक पार्टी निर्माणको अभियानमा पुर्‍याउनुभएको आघात र धोकापूर्ण कार्यको इतिहासले मुल्यांकन गर्ने नै छ।” बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

पार्टीभित्र विगत केही समयदेखि कार्यशैली र कार्यप्रणालीलाई लिएर मतभिन्नताहरु रहेकोले यस्तै मतभिन्नताहरुलाई सम्बोधन गर्न आगामी पौष ३० गते केन्द्रिय समितिको बैठक बोलाईएको तर संयोजक थापा स्वयंले आसन्न बैठकमा सहभागी समेत नभई नयाँ दल दर्ताको प्रक्रिया प्रारम्भ गर्नु दुःखद अवस्था भएको बिज्ञप्तीमा लेखिएको छ । यो घटनाले पार्टीका क्रियाशिल युवाहरु र मतदाताप्रति पनि अन्याय भएको ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्