Logo

“द्वन्द्वकालका घटना उचाल्न डा. केसीको अनशन”



Spread the love

सत्तारुढ दल नेकपा नेता एवं सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयकको नाममा डा. गोविन्द केसीले गरिरहेको अनशनबाट द्वन्द्वकालका घटना उचाल्ने प्रयास भएको बताएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।नेपालमा शान्ति प्रक्रिया, संविधान र सरकारविरुद्धको षड्यन्त्रमा डा. केसीलाई अनशनमा राखेर द्वन्द्वकालका घटना उचाल्ने प्रयास गरेको उनको आरोप छ ।

शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भट्टराईले चिकित्सा शिक्षा विधेयकबारे केसीका सबै माग सम्बोधन भए पनि पछिल्लो अनशनमा द्वन्द्वकालका घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग राखेर केसीले आफ्नो अनशनलाई नै हलुका बनाएको र स्वास्थको विषयलाई विषयान्तर गरेको बताएका हुन् ।

बुधबारदेखि केसीले इलाममा पुगेर १६ औं अनशन सुरु गरेका छन्। यसपटकको अनशनको मागमा द्वन्द्वकालीन घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने, निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुपर्नेलगायतका माग उनले अघि सारेका छन्। सांसद भट्टराईले भने, ‘विधेयकमार्फत डा. केसीका जायज माग सम्बोधन भएका छन्।

अहिले नाजायज माग लिएर राजनीतिक आक्रमणमा उत्रेका छन्,’ भट्टराईले भने, ‘जायज सम्बोधन गरिन्छ तर नाजायज र हामीमाथि राजनीतिक आक्रमण गर्ने माग राखेर आए।’ उनका अनुसार विधेयक छलफलको क्रममा ५० जना सांसदले संशोधन प्रस्ताव गरेको र करिब दुई सय पचास संशोधन प्रस्ताव रहेका थिए।

प्रतिक्रिया दिनुहोस्