Logo

“देशको समृद्धीका लागि अझै १० बर्ष राजनिती गर्छु”: प्रचण्ड



Spread the love

नेकपा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको बिकास र समृद्धीका लागि अझै १० बर्ष आफु राजनितीमा रहने बताएका छन् । राजधानीमा देशभक्त गणतान्त्रिक मञ्चले आईतबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले राजनितीमा सक्रिय रहन आफुसंग १० बर्षमात्र बाँकी रहेको बताएका छन् । सो अवधीसम्म देशलाई समृद्ध बनाउँने अभिभारा जनताले आफुलाई नै दिने उनको भनाई छ ।

आफुले जनयुद्धको नेतृत्व गरेको, संविधान निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले समृद्धिको महाअभियानलाई सफल बनाउन आगामी १० वर्ष नेतृत्व गर्न चाहेको पनि स्पष्ट पारे । उनले आफु देशको बिकास र समृद्धीका लागि महाअभियानमा लागेको बताउँदै यसमा सबैलाई साथ दिन आह्वान गरे ।

अब देशमा बिगतमा जस्तो सरकार परिर्वतन भईरहने अवस्था नरहेको भन्दै उनले अब देशमा जनताको पक्षमा काम गर्न नसकेको खण्डमा कांग्रेस वा कम्युनिष्ट कसैको पनि कुनै महत्व नहुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्