Logo

ओली ,प्रचण्ड र देउवा तिनै जना देशका दलाल हुन् : नेता शर्मा



Spread the love

नेकपाका केन्द्रिय सदस्य सन्देश शर्मा पौडेलले शिर्ष तिन नेतालाई दलालको आरोप लगाएका छन्।


आईतवार जन पत्रकार सङ्गठन जिल्ला शाखा गूल्मीले आयोजना गरेको पत्रकार सम्मेलन तथा भेटघाट कार्यक्रममा बोल्दै नेता शर्माले सो कुरा बताएका हुन्।
नेपालमा दलालहरु मूख्य त चार क्षेत्रमा रहेको र राजनिति क्षेत्रका मुख्य दलाल भनेको ओलि , प्रचण्ड र देउवा रहेको बताए ।

विभिन्न नाममा प्रचण्डले जम्मा गरेको अर्बै रुपैयां होस ,मेडिकल माफिया मार्फत जम्मा गरेको ओलीको लाखैं रुपैया ,एनजिओ आइएनजिओ मार्फत या आरजु देउवा माफर्त शेर बहादुर देउवाले जम्मा गरेको अर्बै पुजि होस । यो सबै पुजि उनिहरुको ब्याक्तीगत स्वार्थको लागी बिदेश पलायन भएको छ । र यो बिदेश पलायन गराएका हिसाबले र राजनितिक क्षेत्रका मुख्य दलाल ओलि , प्रचण्ड र देउवा रहेको उल्लेख गरे ।

धोका नदिने र नहार्ने गरि जन क्रान्ती गर्न आफ्नो पाटिको पहिलो प्रतिबद्धता रहेको कुरा उनले उल्लेख गरे । वर्तमान दलाल संसदिय पुजिवादको व्यवस्थालाई अन्त्य गरि एकिकृत जनक्रान्तीको माध्यमबाट वैज्ञानिक समाजवादको स्थापना गर्न आफुहरुको चाहना रहेको नेता शर्माको भनाई थियो ।

नेपालमा शान्ती नआएको र चारै तिर हत्या र हिंसा मात्र बढेको सत्ताधारी कै जनप्रतिनिधी समेत हराउदा पनि भेटिने स्थिती नहरेको बताए । सिमित केहि दलाल पुजिवाद बाहेक सम्पुर्ण देश भक्त जनशक्तीलाई गोल बद्द गरि एकिकृत जनक्रान्ती गर्ने कुरा स्पष्ट पारे । आउदो फाल्गुण १ गते बुटवलमा २० औं हजारको उपस्थीतीमा जनयुद्द दिवस उल्लामय बनाउने समेत बताए ।

जनयुद्दको दिन कतै आक्रमण हुन्छ कि भन्ने पत्रकारको प्रश्नमा नेता शर्माले भने हामीले कतै पनि आक्रमण नगर्ने कुरा स्पष्ट पारे। तर एनसियलले तिर्नू पर्ने कर नतिरेर बाठो बन्न खोजे आँफै ध्वस्त हुने गरि हान्ने चेतावनी समेत दिए। सम्मेलनमा गूल्मी जिल्ला इनचार्ज पुर्ण सिंहले पाटिका जिल्लामा भएका गतिविधि बारेमा जानकारि गराएका थिए भने जिल्ला सेक्रेटरी खिम खड्काले पाटिको केन्द्रिय प्रचा पढेर सुनाएका थिए।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्