Logo

उल्लासमय बन्यो प्रथम सत्यवती र्‍याफ्टिङ महोत्सव (फोटोफिचर)



Spread the love

गुल्मीको सत्यवती गाउँपालिकाले बडिगाड (रूद्रवती) खोलामा आयोजना गरेको प्रथम सत्यवती र्‍याफ्टिङ महोत्सव उल्लासमय र रौनकताका साथ सम्पन्न भएको छ ।

सत्यवती गाउँपालिकाको पर्यटन प्रबर्द्धन तथा र्‍याफ्टिङको प्रचार प्रसार गर्ने उदेश्यले माघ १ गते देखि १४ गते सम्म प्रथम सत्यवती र्‍याफ्टिङ महोत्सवको आयोजना गरिएको थियो । र्‍याफ्टिङको लागि गुल्मी जिल्ला र छिमेकी जिल्ला बागलुङ तथा प्रदेश न ५ का नागरिकहरुको भिड लागेको थियो ।

र्‍याफ्टिङबाट करिब ३ लाखको कारोबार भएको आयोजकले जनाएको छ । सत्यवती गाउपालिका ५ को, साहाघाटदेखि सत्यवती १ को रुद्रवेणीसम्म करिब ५ किलोमिटर दूरीमा र्‍याफ्टिङ गराईएको थियो ।केही समय अघीमात्र सत्यवती गाउँपालिकाले पर्यटन व्यवसायलाई अघि बढाउने उद्देश्यले चितवनको फिस्लिङबाट मगाएको मानध्वज गुरुङ नेतृत्वको ५ सदस्यीय गाइड टोलीले प्रारम्भिक निरीक्षण गरेको थियो।गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले डुङ्गामा चढेर र्‍याफ्टिङको उद्घाटन गरेका थिए।

सत्यवती गाउँपालिकालाई चिनाउने र आर्थिक उपार्जनको आधारको रुपमा र्‍याफ्टिङ व्यवसायलाई सञ्चालन गर्ने सोँच रहेको प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले बताएका थिए।सत्यवती गाउपालिका ५ को, साहाघाटदेखि सत्यवती १ को रुद्रवेणीसम्म करिब ५ किलोमिटर दूरीमा र्‍याफ्टिङ गरी व्यावहारिक परीक्षण गरिएको थियो।

सोमबार सल्लेरीखबर सँग कुराकानी गर्दै अध्यक्ष ढकालले भने र्‍याफ्टिङ सारै उल्लासमय बन्यो स्थानीय र बाहिरका पर्यटकको उल्लेखनीय सहभागीता रह्नयो र फागुन लागे पछि पुन:महोत्सव आयोजना गर्ने बताए ।

ढकालले भने देशका १०० वटा पर्यटकिय स्थान मध्ये सत्यवती पनि एक हो । र यहाँको पहिचान र पर्यटकिय प्रबर्द्धनको लागि हामीहरुले कुनै कसर बाकी राख्दैनौ र गाउँपालिकाको वडा न. ८ भार्सबाट अब छिटै प्यारागलाईडिङ सन्चालन गर्ने जानकारी समेत दिए । रुरु रेसुङ्गा पनि प्रमुख पर्यटन क्षेत्र भएकाले त्यहा आउने पर्यटक पनि सत्यवती आउन भन्ने आफूहरुको चाहना रहेको र त्यसै अनुरुप पर्यटन गुरु योजना तयार गरिसकेको उनले बताए ।

यस अघि सल्लेरीखबर सँगको कुराकानी मै ढकालले र्‍याफ्टिङलाई व्यवसायीक बनाउने र यहाँका युवाहरुलाई रोजगार दिने कुरा समेत बताएका थिए।

साथै सोमबार महोत्सवको अन्तिम दिन र्‍याफ्टिङ सन्चालन गरेका त्रिशुलीका जलाशय बिदहरुलाई गाउँपालिकाले उच्च सम्मान गर्दै खादा ओढाएर बिदाई समेत गरेको थियो।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्