Logo

शिखर बैठकअघि मुनले ट्रम्पलाई भेट्ने



Spread the love

२७ माघ, सोल – दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले अमेरिका र उत्तर कोरियाको शिखर बैठकअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्ने भएका छन् ।

दोस्रो शिखर बैठकका बारेमा मुनले ट्रम्पसँग छलफल गर्न लागेको दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसले आइतबार जनाएको छ ।

ब्लु हाउसका प्रवक्ता किम एउइ केउमले मुन र ट्रम्पको भेटवार्ताका लागि तयारी शुरु भइसकेको बताए ।
प्रवक्ता केउमले उत्तर कोरियाको विषयमा राष्ट्रपति मुन र ट्रम्पका बीचमा टेलिफोन वार्ता भएको जानकारी पनि दिए ।

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीच यही फेब्रुअरी २७ र २८ तारिखका दिन भियतनामको हनोइमा दोस्रो शिखर बैठक गर्ने सहमति भएको छ ।

उत्तर कोरियाका लागि अमेरिकाका विशेष प्रतिनिधि स्टेफन बाइगनले गत हप्ता उत्तर कोरियाको भ्रमण गरेर शिखर बैठकको मितिमा सहमति जुटाएका थिए ।

उनिहरुबीच बहुचर्चित र अनपेक्षित मानिएको पहिलो शिखर बैठक गत वर्षको जुन महिनामा सिङ्गापुरमा भएको थियो ।

लामो समयदेखि एकअर्कालाई कठोर शत्रुका रुपमा हेर्दै आएका उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा गत वर्षबाट सुधार आएको हो ।

प्रतिक्रिया दिनुहोस्