Logo

फेरि सगरमाथाको उचाइ नाप्दै भारत



Spread the love

sagarmathaa

सर्वे अफ इण्डियाले सन् १८५५ मा सगरमाथाको उचाइ नापेको थियो । जसअनुसार सगरमाथाको उचाइ ८ हजार ८४८ मिटर अर्थात् २९ हजार २८ फिट थियो ।

‘नेपालमा ठुलो भूकम्प गएको दुई वर्ष पुगिसक्यो । वैज्ञानिक समुदायमा सगरमाथाको उचाइ घटेको हो कि भन्ने कुराहरू आइरहेको छ,’ भारतका नापी प्रमुख स्वर्ण सुब्बा राओले पीटीआईसँग भने, ‘हामीले सगरमाथामा छिट्टै एउटा टोली पठाउँदैछौं ।’

सर्वे अफ इण्डियाको टोली उचाइ नाप्न दुई महिनाभित्र नेपाल आउन लागेको राओले जानकारी दिए । एक महिनाको अध्ययन पछि सर्वे टोलीले थप १५ दिन जतिमा आप्नो निष्कर्ष सार्वजनिक गर्नेछ ।

सगरमाथाको उचाइबारे धेरै  अध्ययन भए पनि सर्वे अफ इण्डियाले गरेको मापनलाई नै आधिकारिक मानिएको छ । भूकम्पका कारण सगरमाथाको उचाइमा के कस्तो असर पर्‍यो भनेर अध्ययन गर्न भारतले सर्वे टोली पठाउन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्