Logo

थाईल्याण्डमा निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवार



Spread the love

७ फागुन, बैङ्कक – थाइल्याण्डमा आगामी मार्चमा हुने निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् ।

स्थानीय संचार माध्यमहरुले मंगलबार दिएको जानकारीअनुसार संसदीय निर्वाचनका लागि देशभरीका निर्वाचन क्षेत्रमा गरेर यति ठूलो संख्यामा उम्मेदवारी परेको हो ।

थाईल्याण्डमा लामो समयपछि आउदो मार्च महिनाको २४ तारिखका दिन संसदीय निर्वाचन हुने तय भएको छ ।
निर्वाचन आयोगले दिएको अन्तिम नामावली अनुसार देशभरी दश हजार ७९२ जना उम्मेदवार हुने भएका छन् ।

फेब्रुअरी महिनाको सुरुमा निर्वाचन आयोगमा उम्मेदवारीका लागि कुल ११ हजार १८१ जनाले निवेदन दिएका थिए । उनीहरु मध्येबाट छानविन गरेर दश हजार ७९२ जना भएका हुन् ।

निर्वाचन आयोगले उम्मेदवारीका लागि निवेदन दिएका मध्ये ३८९ जनालाई अयोग्य घोषणा गरेर निवेदन खारेज गरिएको जनाएको छ ।

थाईल्याण्डमा देशभरी गरेर कुल ३५० निर्वाचन क्षेत्र रहेका छन् । तर हरेक निर्वाचन क्षेत्र र पार्टीको सूचीबाट गरी कुल पाँच सय जना सांसद निर्वाचन हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्