Logo

सल्यानको स्थानीय तह पुनर्संरचनामा विवाद



Spread the love

salyan district

स्थानीय तह पुनर्संरचनाको विषयलाई लिएर फेरी सल्यानमा विवाद सुरु भएको छ । स्थानीय जनताको भावना विपरीत निगालचुँला गाविसलाई नगरपालिकामा राखेको विषयलाई लिएर विवाद सुरु भएको हो ।

जनताको भावना विपरीत निगालचुँला गाविसलाई बनगाड कुपिण्डे नगरपालिकामा राखेकोमा आपत्ति जनाउदैँ कालीमाटी गाउँपालिकामा राख्न माग गरिएको छ । निगालचुँला गाविसका स्थानीय राजनीतिक दल, व्यापारी, बुद्धिजीवी, स्थानीय नागरिकहरूले आफ्नो गाविसलाई कालीमाटी गाउँपालिकामा राख्नु पर्ने बताउदैँ जिल्ला विकास समिति सल्यान र जिल्ला स्थित विभिन्न पार्टी कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

नेपाली काँग्रेस निगालचुँला गाविसका प्रतिनिधि लाल बहादुर घर्ती मगरले दुई दिन भित्र माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिनु भएको छ । यसैबिच गाविसका स्थानीय राजनीतिक दल, व्यापारी, बुद्धिजीवी, स्थानीय नागरिकहरूले भोलि माघ १२ गते हुन लागेको ६ नं. इलाकाको इलाका स्तरीय परिषदलाई बहिष्कार गर्ने भएका छन् ।

यस्तै माघ १३ गते जिल्ला विकास समिति लगायत जिल्ला स्थित अन्य सरकारी कार्यालयहरु घेराउ तथा तालाबन्दी गर्ने भएका छन् । बनगाड कुपिण्डे नगरपालिकामा आफुहरुलाई पाएक नपर्ने भएकाले पाएक पर्ने कालीमाटी गाउँपालिकामा निगालचुला गाविसलाई राख्न माग गरेको स्थानीय टोपेन्द्र डिसीले जानकारी दिए  ।

प्रतिक्रिया दिनुहोस्