Logo

रंगशाला निर्माणका लागी व्यवस्थापन संकायका विद्यार्थीहरुद्दारा आर्थिक सहयोग



Spread the love

१३ फाल्गुन, गुल्मी- बुटवलको मणि मुकुन्द कलेजमा व्यवस्थापन संकायका अध्ययनरत विद्यार्थीहरुले आफुहरुले खाने खाजा खर्च बचाएर रंगशाला निर्माणमा सहयोग गरी उदाहरणीय काम गरेका छन् । कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत विद्यार्थी र अध्यापन गराउने शिक्षकहरुले एक दिन बराबरको खाज खर्च बचाएर ‘धुर्मुस सुन्तली फाउन्डेशन’ ले निमार्ण गर्न लागेको गौतम बुद्द अन्तर्राष्ट्रिय खेल मैदानको लागी आर्थिक रकम जुटाएर प्रदान गरेका हुन । कलेजमा अध्ययनरत विधार्थी विकास भट्टराईले भने, “सबैले आ-आफनो क्षेत्रबाट सक्दो सहयोग गरुन भनेर आफुहरु आर्थीक सहयोगको सुरुवात गरेका छौँ ।”


संकलन भएको १२ हजार २ सय सत्तरी रुपैयाँ सोमवार नेपाल इन्भेस्टमेन्ट बैंकको धुर्मुस सुन्तली फाउन्डेसनको खातामा जम्मा गरेको भट्टराईले बताए । साथै, सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं अन्य ठाउँबाट पनि सक्दो सहयोग गर्न व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुले आग्रह समेत गरेका छन् ।

रंगशाला निर्माणको लागी सर्वसाधारणबाटै आर्थिक संकलन गर्ने यसअघि नै फाउन्डेसनका अध्यक्ष सित्ताराम कट्टेल ‘धुर्मुस’ले बताईसकेका छन्। रंगशाला चितवनको भरतपुर महानगरपालिकामा बन्दैछ।

सम्बन्धित समाचार;

खाजा खर्च बचाएर रंगशाला निमार्णमा आर्थिक सहयोग गर्दै विद्यार्थी

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्