Logo

सुदूरपश्चिम प्रदेश प्रमुख मल्ललाई उपचारका लागि भारत लगियो



Spread the love

१६ फागुन, धनगढी – काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा केही दिनदेखि उपचाररत् सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि आज एयर एम्बुलेन्समार्फत भारत लगिएको छ ।

फागनु पहिलो हप्तादेखि बिरामी भई शिक्षण अस्पतालको आईसियु (सघन उपचार कक्ष)मा उपचाररत् प्रदेश प्रमुख मल्लको स्वास्थ्यमा सुधार नदेखिएपछि भारतको मेदान्त अस्पताल लगिएको उनका स्वकीय सचिव धनसिंह क्षेत्रीले जानकारी दिए । ७१ वर्षीय प्रदेश प्रमुख मल्ललाई कडा खालको निमोनिया र फोक्सोमा सङ्क्रमण देखिनुका साथै श्वासप्रश्वासमा समस्या देखिएको छ ।

शिक्षण अस्पतालका चिकित्सक डा पङ्कज पन्त र डा निरज बम लगायतको चिकित्सकको टोली उनको उपचारमा संलग्न थियो । बिरामी भएपछि यही फागुन ५ गते धनगढीको निसर्ग अस्पतालमा उपचारका लागि उनलाई लगिएकामा सोही राति थप उपचारका लागि काठमाडौँ लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्