Logo

नेकपा कर्णाली प्रदेशको प्रमुख सचेतकमा गुलाबजङ्ग शाह



Spread the love

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दल कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतकमा नेकपाका केन्द्रीय सदस्य गुलाबजङ्ग शाहलाई नियुक्त गरिएको छ ।

प्रदेशसभा दलका नेता महेन्द्र बहादुर शाहीले आज गुलाबजङ्ग शाहलाई नियुक्ति पत्र दिएका हुन् ।

शाह सल्यान जिल्ला क्षेत्र ‘क’ बाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

गुलाबजङ्ग शाहको राजनीतिक यात्रा ।

गुलाबजङ्ग शाह विक्रम सम्वत २०४० सालमा अनेरास्ववियु (पाँचौ)मा आबद्ध हुँदै राजनीतिमा होमिएका थिए । तत्कालीन नेकपा (एमाले) सँगको विभाजन पछि बनेको नेकपा (माले) मा शाह आबद्ध भएका थिए । मालेको तेस्रो अधिवेशनबाट विक्रम सम्वत २०५६ सालमा जिल्ला कमिटी सचिव बनेका थिए ।

२०५७ मा तत्कालीन राष्ट्रिय युवा सङ्घको केन्द्रीय सचिवालय सदस्य बनेका शाह २०६६ मा तत्कालीन नेकपा (एमाले) को अञ्चल कमिटी सदस्य भएका थिए । उनी एमालेको ९ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।

पूर्व एमालेको प्रदेशसभा दल कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतक रहेका शाह पूर्व माओवादीसँग एकता पछि बनेको संयुक्त पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पनि प्रमुख सचेतक बन्न सफल भएका छन् ।

नियुक्ति पत्र

 

प्रतिक्रिया दिनुहोस्