Logo

खड्काले शान्ति सुरक्षामा खलल पुर्‍याएका छैनन् : मानवअधिकारवादी



Spread the love

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मी जिल्ला सेक्रेटरी खिम खड्कालाई आइतबार प्रहरीले पक्राउ गरे सँगै यति बेला सदरमुकाम तम्घासमा खड्काको पक्राउ बारेमा बहस चल्न थालेको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले शान्ति सुरक्षामा खलल पुर्‍याएको भन्दै खड्कालाई पक्राउ गरेको थियो तर जिल्ला स्थित मानवअधिकारवादीहरूले भने खड्काको गिरफ्तारीलाई गैरन्यायिक भनेका छन् ।

सोमवार सल्लेरी खबरसँग कुराकानी गदै मानवअधिकारवादी गणेश श्रेष्ठले भने “गिरफ्तारी गैरन्यायिक छ, गैरन्यायिक ढङ्गले थुनामा राख्न हुँदैन ।”

त्यस्तै सोमवार जिल्ला प्रहरी कार्यालय गुल्मीसँग सम्पर्क गर्दा प्रहरी कार्यालय गुल्मीले माथिको आदेशबाट पक्राउ गरेको बताएको छ ।

सम्बंधित समाचार

शान्ति सुरक्षामा खलल पुर्‍याएको बन्दै भन्दै बिप्लव गुल्मी जिल्ला सेक्रेटरी पक्राउ

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्