Logo

मीरा राई नेसनल ज्योग्राफिकको ‘साहसी वर्ष व्यक्ति’ घोषित



Spread the love

mira-rai

विश्वप्रसिद्ध टेलिभिजन च्यानल नेशनल जोग्राफीले असाधारण व्यक्तिलाई प्रदान गर्ने ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) अवार्डमा  नेपालकी अट्रा धाविका मीरा राई  घोषित भएकी छन् ।

विश्वका दश  सहासी महिलासँगै मनोनित भएकी राई अनलाइन भोटिङका आधारमा विजयी भएकी हुन् ।

पूर्वी नेपालको भोजपुरमा जन्मिएकी २७ बर्षीय मीरा तत्कालिन नेकपा माओवादीकी लडाकु थिइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि भएको सेना समायोजन क्रममा उनी अयोग्य ठहरिएकी थिइन्।

अयोग्य बनेकी उनी विदेश जाने योजनामा काठमाडौं आएकी थिइन् । तर, कराते प्रशिक्षक ध्रुवबिक्रम मल्लको सल्लाहमा मलेसियाको भिसा रद्ध गरेर खेल क्षेत्रमा लागेकी थिइन् ।

उनी हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन रहेकी छन्। सन् २०१६ को सुरुमा इटलीमा भएको स्काइरनिङ अल्ट्रारेसमा दोस्रो स्थान हासिल गरेपछि निक्कै चर्चित बनेकी राई अल्ट्रारनरको विश्व बरियतामा दोस्रो स्थानमा आइन् ।

राष्ट्रियस्तरमा पनि उनी खेल सुरु गरेको छ महिनामै राष्ट्रिय च्याम्पियन बनेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्