Logo

प्रधानाध्यापकबाट बालबालिकालाई शारीरिक तथा मानसिक सजाय



Spread the love
सांकेतिक तस्बिर

३० फागुन,काठमाडौँ । बिधालयहरुमा बालबालिकालाई विभिन्न खाले शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ । साथीसँग झगडा गरेमा, गृहकार्य नगरेमा, बिधालय ढिलो आएको आदि घटनाको निहुँमा बिधालय प्रधानाध्यापकबाट शारीरिक तथा मानसिक सजाय दिने गरेको पाइएको छ ।

केन्द्रीय बालकल्याण समितिका अनुसार पछिल्लो चार महिनामा विभिन्न सञ्चारमाध्यममा चार वटा शारीरिक सजायका घटना सार्वजनिक भएका छन् ।

सामुदायिक बिधालय भन्दा संस्थागत बिधालयमा शारीरिक सजाय दिने प्रचलन बढी रहेको समितिका सूचना अधिकारी रामबहादुर चन्दले जानकारी दिए । समितिका अनुसार बाल यौन दुर्व्यवहार र बलात्कार, मृत्यु, बाल विवाह, हत्या, बाल श्रम, बालबालिकाको बेचबिखन तथा ओसारपसार, अपहरण, बालबालिकामाथि हुने शारीरिक तथा मानसिक सजाय, आत्महत्यालगायतका घटना बढ्दै गएका छन् ।

बालबालिका सम्बन्धी ऐन २०७५ मा ‘बालबालिकालाई कुटपिट गर्ने, तर्साउने, भयको वातावरणमा राख्ने र बालबालिकाको विकासमा अवरोध पुर्‍याउनु हुँदैन’ भनिएको छ । बाल अधिकार समितिका संयोजक कृष्ण सुवेदीले बालबालिकालाई अनावश्यक कुटपिट गर्ने शिक्षकलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्