Logo

चौतीस बिधार्थी एसइई परीक्षा दिनबाट वञ्चित



Spread the love

१ चैत, पाल्पा।

पाल्पा जिल्लामा चौतीस एसइई परीक्षार्थी परीक्षा दिने अवसरबाट वञ्चित भएका छन् ।

आगामी चैत्र १० गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा(एसइई )मा चौतीस परीक्षार्थी परीक्षा दिने अवसरबाट वञ्चित हुनुपरेको हो । बिधालयमा ७५ प्रतिशत हाजिरी नपुगेको र अन्य कारणले अयोग्य हुँदा माध्यमिक शिक्षा परीक्षाबाट वञ्चित भएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका अनुसार माध्यमिक शिक्षा परीक्षामा ५ हजार ३८ सहभागी हुनेछन् । नियमिततर्फ छात्र दुई हजार ३ सय ७५ र छात्रा दुई ५ सय ६१ गरी जम्मा चार हजार ९ सय ३६ र पूरक ग्रेड वृद्धितर्फका पुराना ३५ र नयाँ ६७ गरी जम्मा १ सय २ जना बिधार्थी सहभागी हुदैछन ।

परीक्षामा सहभागी हुने बिधालय सङ्ख्या १ सय ३२ रहेका छन् । जसअन्तर्गत सामुदायिकतर्फ १ सय १, संस्थागत २० र खुला बिधालय १ रहेका छन् ।

पाल्पा जिल्लाका २६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय एकाइ पाल्पाका सूचना अधिकारी महेन्द्र सुवेदीले जानकारी दिए । ।

प्रतिक्रिया दिनुहोस्