Logo

उम्मेदवार छान्न भाजपाको बैठक



Spread the love

३ चैत, नयाँदिल्ली – भारतीय जनता पार्टी (भाजपा)ले आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छान्न केन्द्रीय निर्वाचन समितिको बैठक बोलाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टी अध्यक्ष अमित शाहले बैठकमा आगामी लोकसभा निर्वाचनका लागि उम्मेदवारको सूची पेश गर्ने विषयमा आवश्यक छलफल गरेको समाचारमा जनाइएको छ ।

शनिबार राति अबेर बोलाइएको सो बैठकले आइतबार बिहानीपखसम्म छलफल गरी अ आगामी आम निर्वाचनमा पार्टीका तर्फबाट ११ ओटा राज्यमा उठाइने उम्मेदवार छनौट गरेको बताइएको छ ।

श्रोतका अनुसार उनिहरुले अहिले ११ राज्यका निर्वाचन क्षेत्रका लागि उम्मेदवारको सूची तयार पारेका छन् तर उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

उक्त समितिले विहार, उत्तराखण्ड, आसाम, अरुणाञ्चल, मणिपुर, त्रिपुरा, आन्द्र प्रदेश, महाराष्ट्र र जम्मु तथा कश्मीरका लागि उम्मेदवारहरुको सूची बनाउनुभएको बताइएको छ ।

पश्चिम बङ्गाल, विहार, उत्तरप्रदेश, उत्तराखण्ड, आसाम, आन्द्र प्रदेश, महाराष्ट्र र जम्मु तथा कश्मीरमा पहिलो चरणमा निर्वाचन हुनलागेको छ ।

सात चरणमा हुने निर्वाचन अन्तर्गत पहिलो चरणको निर्वाचन भने अप्रिल ११ मा हुने तय भएको छ ।

मन्त्रीहरु सुष्मा स्वराज, राजनाथ सिंह, अरुण जेट्ली र किरण रिजिजु पनि बैठकमा सहभागी भएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्