Logo

राप्ती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकहरू पठाउन कोमल ओलीको माग



Spread the love

राष्ट्रिय सभाको सोमबार बसेको बैठकमा राष्ट्रियसभा सदस्य कोमल ओलीले दाङको तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकहरू पठाउन माग गरेकी छिन् ।

ओलीले प्रदेशमा प्रादेशिक अस्पताल भएता पनि विशेषज्ञ चिकित्सकहरू नभएका कारण आम जनताले उपचारका लागि राजधानी धाउन र सास्ती खेप्न परेको बताइन्। राप्ती प्रादेशिक अस्पतालमा प्राविधिक र भौतिक सामानहरू र सम्पूर्ण विशेषज्ञ सेवासहित चिकित्सकहरू छिटोभन्दा छिटो पठाउन माग गरेकी छिन्।

अस्पतालमा दाङ आसपासका जिल्लाहरूबाट समेत बिरामी आउने हुँदा चाप बढी रहेको तर ४,५ जना चिकित्सकहरूले मात्रै सेवा दिइरहेको भन्दै थप चिकित्सक पठाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्