Logo

यथावत् रहयो पेट्रोलियम पदार्थको मूल्य



Spread the love

५ चैत्र , काठमाडौँ ।

काठमाडौँमा अहिले मट्टितेलको मूल्य प्रतिलिटर रु ९७ र मूल्य प्रतिलिटर रु ११० तथा डिजेल रहेको छ ।

नेपाल आयोग निगम अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ ।

निगमका अनुसार गत माघ २ देखि यही चैत्र ३ गतेसम्म पेट्रोलमा प्रतिलिटर नौ रुपैयाँ सात पैसा र डिजेलमा १० रुपैयाँ ४७ पैसा वृद्धि भएको छ ।

निगमले पछिल्लो पटक गत माघ १९ गते पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुई वृद्धि गरेको थियो ।
निगममा नयाँ नेतृत्व आएसँगै खरीद मूल्य बढे पनि इन्धनको मूल्य वृद्धि भएको छैन ।

चैत्र दुई गते ‘इण्डियन आयल कर्पोरेशन -आइओसी ’बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ नौ पैसा वृद्धि र डिजेलमा प्रतिलिटर १२ पैसा घटेर आएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्