Logo

होलीको शुभकामना (कविता)



Spread the love

राजेश्वोर फुयाल

आफैँ सँग आफैँ रमाउने यो छ है
गजबको बेला
रिसराग विमति लाई किनारा लाउने
रमाइलो मेला

सप्तरङ्ग रङ्ग सँगै माया, खुसी, हर्ष
र उल्लास साटौँ
भाइचारा सद्भाव आत्मीयतालाई
उचाइमा गासौँ

छिनछिनमा बदलिने मनलाई भासी
रङ्गमा रमाइ हाँसौँ
खुसीसाथ रङ्ग रङ्गहरूमा हराइ
छमछमी नाचौँ

थोपा थोपा पानीमा गास्दैँ एक अर्को
लाई साइनो
मनाउ रङ्गहरुको पर्व खुसी, खुसी
गाउँदै र नाच्दै

कुरीति कुसंस्कारलाई दिउलानी
मिली मिली थपडी
आऊ भाइचारा एवम् प्याराजनहरुमा
मिली खेलौँ होली
आऊ मिली खेलौँ होली

०००

०००

प्रतिक्रिया दिनुहोस्