Logo

फेसबुकमा हतियार बोकेको तस्बिर राख्ने सैनिकलाई कारबाही



Spread the love

७ , चैत्र , काठमाडौँ ।

सैनिक मिडिया नीतिविपरीत फेसबुकमा हतियार बोकेको तस्बिर पोस्ट गर्ने एक सैनिक कारबाहीमा परेका छन्। सैनिक कुचीकार सूर्यनारायण यादवले सैनिक तथा सिभिल पोसाकमा विभिन्न हतियार तथा उपकरणहरु सहित खिचिएका तस्बिर सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्।

जंगी अड्डाले सैनिक मिडिया नीतिको बर्खिलाफ गरेको भन्दै नेपाली सेनाले कारबाही गरेको  छ। सैनिक अनुशासन तथा आचरणविपरीत काम गरेको भन्दै एकपटकका लागि सचेत गराइएको नेपाली सेनाले जनाएको छ।

उनी कार्यरत रहेको श्री रणचण्डी गणलाई समेत जंगी अड्डाले मिडिया नीतिको पूर्ण पालना गराउन निर्देशन दिएको छ।

कुचीकार यादवले फेसबुमा पोस्ट गरेका उक्त तस्बिरहरु हटाउन लगाई फेसबुक अकाउन्टसमेत बन्द गराउन लगाइएको सेनाले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्