Logo

महायज्ञमा रु १० करोड सङ्कलन



Spread the love

१० चैत, सोलुखुम्बु – सामुदायिक अस्पताल निर्माणका लागि आयोजित श्रीमतभागवत् ज्ञान महायज्ञमा रु १० करोड भन्दाबढी रकम सङ्कलन भएको छ । विकट गाउँ मुक्लिमा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने उद्देश्यले आयोजित महायज्ञमा रु १० करोड ७७ लाख ४२ हजार ६५८ सङ्कलन भएको हो । कतिपय दाताले नगद तथा चेक प्रदान गरेका गरेका थिए भने धेरैले तोकिएबमोजिमको रकम उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

थुलुङ दूधकोशी गाउँपालिकाको केन्द्र मुक्लिमा निर्माण गरिने श्ययाको दूधकोशी सामुदायिक अस्पताल निर्माणका लागि चैत २ देखि ९ सम्म सञ्चालित महायज्ञमा रु ९३ लाख खर्च भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

महायज्ञबाट रु २० करोड सङ्कलन गर्ने गाउँपालिकाको लक्ष्य ५० प्रतिशत पूरा भए पनि सहयोग सङ्कलन अभियान निरन्तर रहने जनाइएको छ । यस गाउँपालिकाका थुलुङराईको बाहुल्यता भएकाले गाउँपालिकाको नामकरण समेत थुलुङदूधकोशी गरिएको बताइन्छ । भ्याण्टिलेटरसहितको अस्पताल निर्माणका लागि महाअभियान थालिएको भन्दै यहाँका सम्पूर्ण जातजातीले उत्साहजनक सहभागिता जनाएको महायज्ञ मूलआयोजक समितिका कोषाअध्यक्ष बलराम गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्