Logo

एक व्यक्तिको पहलमा दुई गाउँपालिका नागरिकले पाए राहत



Spread the love
समाज सेवि सुशील चंन्दले यातयात कार्यालय गुल्मीलार्इ लेखेको हस्त लिखित निवेदन

१० चैत्र , गुल्मी – गुल्मीको सदरमुकाम तम्घास देखि पश्चिम जाने सवारी साधनहरूले वर्षाैदेखि आफू खुसी लिएको मनपरी भाडा तोडिएको छ ।

सदरमुकाम तम्घास देखि मदाने गाउँपालिकाको अग्लुङग फेदी सम्म जाने सवारी सवारी साधनले यातायातको नियम विपरीत भाडा लिएको भन्दै समाज सेवी सुशील चंन्दले यातयात कार्यालय गुल्मीमा निवेदन दिएका थिए ।

चन्दंले दिएको निवेदन को सम्बोधन गदै जिल्ला यातायात गुल्मीले अग्लुङग फेदी सम्म ७० रुपैयाँ भाडा घटाएको छ भने त्यस क्षेत्रमा जाने अन्य स्थानको भाडा पनि दुरी अनुसार घटाइएको जिल्ला यातयात गुल्मीका प्रमुख डोल बहादुर कुवंरले सल्लेरी खबरलाई जानकारी दिए । उनले भने “जिल्लाको मदाने गाउँपालिका, धर्कोट गाउँपालीका लगायतका स्थान को भाडा घटेको छ ।”

त्यस क्षेत्रमा दैनिक ५० जना भन्दा बढी यात्रीहरु आवजजावत गर्ने गर्दछन् ।भाडा घटेसँगै त्यस क्षेत्रका नागरिकहरू हर्षित बनेका छन् ।
स्थानीय सरकार तथा जनप्रतिनिधिहरूको ध्यान पुग्न नसकेपछि साजसेवि सुशील चंन्दले एक्लै पहल गरेका थिए ।

सदरमुकाम तम्घास देखि अग्लुङग फेदी को दुरी ५५ किलोमिटर रहेको र यातायातको नियम अनुसार कच्ची बाटोमा प्रतिकिलोमिटर ९ रुपैयाँ ९० पैसा को दरले पाँच सय ४४ रुपैयाँ पर्न आउने तर त्यस क्षेत्रमा चल्ने सवारी साधनले प्रतिव्याक्ती ६७० रुपैयाँ भाडा लिँदै आएका थिए ।

यसरी प्रतिव्यक्ति १ सय २६ रुपैयाँले बढी भाडा असुली गर्दा त्यस क्षेत्रका जनता चरम समस्यामा पर्दै आएका थिए । आउदाँ जादा गरि १७० रुपैया बचत हुन्छ

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्