Logo

गुल्मीमा एसईई परिक्षाको पहिलो दिनको जाँच मर्यादित, ३२ विद्यार्थी सहभागी भएनन्



Spread the love
एस्इइ परीक्षाका लागि तयारी विद्यार्थीहरू

१० चैत्र, गुल्मी – आज देखि सुरु भएको एसईई परिक्षाको पहिलो दिन को जाँच गुल्मीमा मर्यादित तथा शान्त वातावरण मा सम्पन्न भएको छ भने ३२ जना विद्यार्थी परिक्षा मा अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख थानेश्वर घिमिरेले जानकारी दिएका छन् ।

१४ जना छात्रा र १८ जना छात्र परिक्षा मा सहभागी नभएको घिमिरेले बताए । नियमित तर्फ ४ हजार ८ सय ५२, पुरानो ग्रेड वृद्धिका लागि २३ जना परिक्षार्थी सामेल हुँदा नयाँ ग्रेडवृद्धिका ६१ र प्राविधिक क्षेत्रका १ सय ५७ जना गरी कुल ५ हजार ९३ जना छात्रछात्राहरू परीक्षामा दिन योग्य रहेको शिक्षा विकास तथा समन्वय इकाइ गुल्मीले जानकारी दिएको थियो ।

साथै, आइतबार सदरमुकाम तम्घासका ५ वटा केन्द्र रहेका विद्यालयमा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडलले अनुगमन समेत गरेका थिए ।
अनुगमन पछि सल्लेरी खबरसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारि पौडेलले भने “परिक्षा अत्यन्तै मर्यादित रूपले सञ्चालन गरिएको छ ।”

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्