Logo

चट्याङले गुल्मीमा १ गम्भीर सहित १२ घाईते



Spread the love

१२ चैत, गुल्मी – गुल्मीको मदाने गाउँपालिका वडा नम्वर १ अगलुङगमा चट्याङ पर्दा एक जना घम्भीर घाइते भएका छन् ।

वडा नम्वर १ वस्ने ३६ वर्षीय मैत बहादुर विक गम्भीर घाईते भएको समाज सेवी शुशिल चंन्दले सल्लेरि खबरलाई जानकारी दिएका छन् । आज दिउसो करिब २ बजे तिर परेको चट्याङले  विक सहित अगलुङगका अन्य १२ जना घाईते भएको चंन्दले बताएका छन् ।

अन्य १२ जनाको अवस्था सामान्य रहे पनि विकको अवस्था भने गम्भीर रहेको र थप उपचारको लागि व्यवस्था भइरहेको बताईएको छ ।
साथै चट्याङबाट स्थानीय लघु विद्युतमा समेत क्षती पुगेको छ भने स्थानीय भरत विष्टका २ वटा खसि समेत मरेको बताईएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्