Logo

प्रहरी र ‘विप्लव’ समूहका कार्यकर्ताबीच दोहोरो भीडन्त,४ जना पक्राउ



Spread the love

१३, चैत्र , काठमाडौँ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरी बीच दोहोरो भीडन्त हुँदा ४ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा विप्लव समूह निकट अखिल क्रान्तिकारीका अछाम जिल्ला कोषाध्यक्ष सुरेश रावत, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी भुमिसरा धामी, युवा सङ्गठनका सदस्य सुरेश साउद र युवा सङ्गठनका राजेन्द्र धामी रहेका छन् ।

रामारोशन गाउँपालिकाको झाता गाउँमा गस्तीमा गएका प्रहरी टोलीमाथि ‘विप्लव’ समूहका कार्यकर्ताले गोली चलाएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिएका छन् । प्रहरीले गोली चलाउँदा भाग्ने क्रममा अछामका इन्चार्ज शेरबहादुर विक ‘दर्शन’ को खुट्टामा गोलि लागेको छ ।

९ जनाको समूहमा रहेका ‘विप्लव’ समूहका कार्यकर्ता र प्रहरीबीच दोहोरो भीडन्त भएको हो । दोहोरो भीडन्तमा प्रहरीतर्फ कुनै क्षति भएको छैन भने ‘विप्लव’ समूहका ५ जना भागेका छन् भने ४ लाई हतियार सहित प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्