Logo

बलात्कारको आरोपमा तामाङ पक्राउ



Spread the love

१३ चैत, भद्रपुर – झापा कमल गाउँपालिका–२ समयगढमा २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीयवासी ४२ वर्षीय शम्शेर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घर नजिकैको मकैबारीमा लगेर मङ्गलबार राति ८ बजे जबर्जस्ती करणी गरेको युवतीका बुबाले दिएको उजुरीका आधारमा प्रहरीले तामाङलाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

तामाङलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्