Logo

पीएसजीलाई हराउँदै चेल्सी सेमिफाइनलमा



Spread the love

१४ चैत, काठमाडाैँ – मरिन् जेल्डेले अतिरिक्त समयमा गरेको नाटकीय गोलसँगै चेल्सी महिला टोली पेरिस सेन्ट जर्मन महिला टोलीलाई हराउँदै महिला च्याम्पियन्स लिगको सेमीफाइनलमा स्थान बनाउन सफल भएको छ ।

हिजोको खेलसँगै चेल्सी समग्रमा ३–२ गोलको नतिजा निकाल्दै सेमीफाइनलमा स्थान बनाउँन सफल भएको हो ।

खेलको दोश्रो हाफमा पहिलो सर्टमा नै पिएसजीकी काडिडियाटो डियानीले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएकी थिइन् । तर चेल्सीकी गोल किपर आन कार्टिन बेर्गरले आत्मघाती गोल गर्दै खेललाई समग्रमा २–२ को बराबरीमा ल्याइन् ।

तर अतिरिक्त समयमा गोल गर्दै चेल्सीकी मरिन् जेल्डेले गोल गर्दै आफ्नो टोलीलाई सेमीफाइनलको बाटो देखाइन् ।

सेमीफाइनलमा चेल्सीले फाइनलका लागि फेरी पनि फ्रेन्च क्लब लियोनको सामना गर्नेछ । उता लियोनले भने गत वर्षको फाइनलिष्ट वुल्फस्वर्गलाई समग्रमा ६–३ गोल अन्तरले पराजित गर्दै अन्तिम ४ मा स्थान बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्