Logo

नेपालको पर्यटकीय बसले कारलाई ठक्कर दिँदा ५ भारतीयको मृत्यु



Spread the love

१७ चैत्र , काठमाडौँ । उत्तर प्रदेशको खमारिया गाउँको पिलिभिट–बरेली सडकमा नेपालबाट गएको एक पर्यटकीय बसले एक कारलाई ठक्कर दिँदा पाँच भारतीय नागरिकको मृत्यु भएको छ ।

उक्त नेपाली पर्यटक बस भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएको जनाइएको छ । गाडी नम्बर भने खुलाईएकाे छैन । दुर्घटनामा मृत्यु हुनेमा ६० वर्षीय मुन्ने मन्सरी, उनकी पत्नी ५४ वर्षीया मुन्नी बेगम, मन्सरीका जेठान ५५ वर्षीय जमील अहमद, जेठानकी पत्नी ४७ वर्षीया नसरिन बेगम र नसरिनका ज्वाइँ २५ वर्षका आजम रहेको प्रहरीले जनाएको छ ।

कार बरेलीतर्फ जान लाग्दा नेपालको पर्यटकीय बससँग ठक्कर खाएर आगलागीसमेत भएको थियो । उक्त बसमा २४ नेपाली पर्यटक रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।चालकको लापरबाहीका कारण दुर्घटना भएको भन्दै चालक विरुद्ध फस्ट इन्फर्मेसन रिपोर्ट (एफआइआर) दर्ता गरिएको भारतीय प्रहरीले जनाएको छ । तर चालक को थिए भन्ने खुलेको छैन ।

दुर्घटना भएको सूचना पाए लगत्तै प्रहरी र दमकल घटनस्थानमा पुगेको थियो र बसमा लागेको आगो निभाएको थियो ।उनीहरूलाई तत्काल अस्पताल लगिएको थियो । तर अस्पताल पुर्‍याउन बित्तिकै उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त दुर्घटनामा ५ जना यात्रु पनि घाइते भएका छन् जस मध्य केही नेपालीहरू पनि घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्