Logo

नेपाल टेलिकमको फोर-जी सेवा अब प्रिपेडमा पनि !



Spread the love

teleom

टेलिकमले १३ औं वार्षिकाेत्सवको अवसर पारेर आज बाट जीएसएम प्रिपेड ग्राहकका लागि फोर-जी सेवा सुरू गरेको छ । यसैगरी आज देखी एडिएसएल प्याकेजमा पनि सस्ताे बनाउने घोषणा गरेको छ । नेपालमा पोष्टपेडमा फोर-जी दर्ता गर्ने ग्राहकको संख्या बढ्दै गएपछि टेलिकमले प्रिपेड ग्राहकलाई पनि फोर-जी सेवा सुरू गरेको भन्ने खबर छ ।
फोर-जी सेवाका लागि टेलिकमले ३९ करेाड रुपैयाँ बराबर खर्चि गरेको छ । फोर-जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ । यसैगरी पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको छ । पोखराको लेकसाइड र न्युरोड क्षेत्रमा मात्रै अहिले फोर-जी नेटवर्क उपलब्ध गरेको छ ।
१८०० मेगाहर्ज ब्याण्डमा कम्पनीले प्रयोग गरेको १५ मेगाहर्जको ब्याण्डविथलाई रिफर्मिङ गरी ५ मेगाहर्जलाई फोर जीका लागि र १० मेगाहर्ज जिएसएमका लागि प्रयोग गरिएको छ ।
यस्का साथै टेलिकमले कुनै समयमा निकै चर्चित रहेको कल रिङ ब्याक टोन (सिआरबिटी)सेवा पनि फेरि सुरू गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्