Logo

आम्दानीको लडाईंमा टेलिफोन सेवा प्रदायकहरु ।



Spread the love

ntcvsncell

आम्दानीको लडाईंमा टेलिफोन सेवा प्रदायकले एक अर्काको नेटवर्कमा आउने कल  ब्लक गर्दा देखिएको समस्या एक महिनाभित्र समाधान गरिसक्ने नियामक निकायका अधिकारीहरुले बताएको   खबर आजको कान्तिपुरमा छ ।

नेपाल दुरसञ्चार प्राधिकरण र सञ्चार मन्त्रालयका अधिकारीहरुले यो जानकारी दिएका हुन् ।
आम्दानीको लडाईंमा हाल ठूला दूरसञ्चार कम्पनी नेपाल टेलिकम र एनसेलले एक अर्काको नेटवर्कबाट आउने ‘कल ब्लक’ गरिरहेका छन् ।

टेलिकमको नेटवर्क हुदै विदेशबाट आउने कल एलसेलले आफ्नो नेटपर्कमा छिर्न दिएको छैन भने टेलिकमले एनसेलका स्वदेशी कललाइ नै आफ्नो नेटवर्कमा सीमित मात्रामा छिर्न दिई ‘ब्लक’ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्