Logo

आँधीहुरी प्रभावित क्षेत्रमा राहत वितरण गर्न जादै प्रचण्ड



Spread the love

१९ चैत, काठमाडौं । आँधुीहुरीले बारा र पर्साको अवस्था कष्टकर बनेपछि नेकपा अध्यक्ष प्रचण्ड प्रभावित क्षेत्रको अवलोकनका लागि आज त्यसतर्फ जान लागेका हुन् ।

फाइल तस्बिर

आँधीहुरी प्रभावित क्षेत्रको अवस्था बुझ्न प्रचण्ड आजै बिहान ११ बजे त्यसतर्फ जान लागेको प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, प्रचण्डले पीडितहरुको अवस्थाबारे सुरुमा बारा पुगेर जानकारी लिनेछन् । साथै प्रचण्ड हावाहुरी प्रभावित पर्सा पनि जाने कार्यक्रम छ ।

प्रचण्डले पीडित परिवारसँग भेटघाट गर्नुका साथै वाइसियलले संकलन गरेको राहत वितरण गर्ने कार्यक्रम पनि छ ।

हावाहुरीले बारा र पर्सामा ठूलो जन–धनको क्षति पुगेको छ । गृह मन्त्रालयको पछिल्लो जानकारी अनुसार, हालसम्म २७ जनाको ज्यान गइसकेको छ भने कयौ घाइतेहरुको विभिन्न अस्पतालमा अहिले उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्