Logo

सम्पतिको लोभमा ६८ वर्षीय बृद्धले गरे एक युवकको हत्या



Spread the love

१९, चैत्र, बुटवल ।

बृद्धले सम्पतिको लोभमा एक युवकको हत्या गरेका छन् । लम्जुङको मध्य नेपाल नगरपालिका २ सोतीपसलका ३० वर्षीय हरिबहादुर पाण्डेलाई पोखरा–३० डुंडाकोमुखका ६८ वर्षीय बलबहादुर सुनारले हत्या गरेका हुन् ।

पाण्डे बुटवल घरभई ब्यापार गर्ने उद्देश्यले रुपन्देही आएका थिए । हरिबहादुर पाण्डेको साथमा रहेको ३ लाख ८८ हजार रूपैयाँ नगद बरामद प्रहरीले बताएको छ । सुनारले पाण्डेबाट लुटेको सुनको लकेट, सुनको बेरुवा औठी, १ थान सिक्री, रातो पत्थर भएको सुनको लकेट किनिसकेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

सम्पतिको लोभमा सुनारले पाण्डेलाई ढुंगाले हानेर हत्या गरि बुटवल ११ बुद्धनगर मजुवा र बिनापातेको बीचमा तिनाउ खोला बगरको चैत १ गते फालेका हुन् । हत्या पछि सुनार फरक–फरक नाम दिदै हिँड्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्