Logo

सी चिनफिङले नेपाल भ्रमण गर्ने सम्भावना बलियो



Spread the love

२० चैत काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका लागि दुवै देशमा तयारी भइरहेका छन्। राष्ट्रपतिलाई राजकीय वा औपचारिक कुन सम्मान दिने भन्ने बिसयमा टुंगो लागिसकेको छैन।

राष्ट्रपति भण्डारीको चिन भ्रमणपछि चिनियाँ समकक्षी सी चिनफिङले नेपाल भ्रमण गर्ने सम्भावना बलियो रहेको स्रोतले जनायो। चिनियाँ एक उच्च अधिकारीले राष्ट्रपति सीको भ्रमण सन् २०१९ भित्रै हुनेमा आफू ढुक्क रहेको बताए।

राजसंस्था अन्त्य भएको यतिका समयसम्म चीनले राष्ट्रप्रमुखलाई बेइजिङमा स्वागत नगर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

राष्ट्रपति भण्डारी अप्रिल २६ र २७ मा हुने बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को दोस्रो अन्तर्राष्ट्रिय शिखर सम्मेलनमा विशेष निम्तालुका रूपमा बेइजिङ आउने कार्यक्रम छ।
बोआओ फोरममा यही भ्रमण तय भएका कारण नेपाललाई ननिम्त्याएको बताइन्छ। ‘राष्ट्रपतिस्तरको भ्रमण हुने भएकाले बोआओ फोरममा नेपालका तर्फबाट सहभागिता नरहेको हो,’ अर्का चिनियाँ अधिकारीले भने। शुक्रबार सकिएको बोआओ फोरममा चिनियाँहरूको विदेशी लगानी आकर्षण र सहकार्य अनि बीआरआईमार्फत सञ्जाल विस्तारमा जोड थियो। चिनियाँ प्रधानमन्त्री ली खछ्याङ सम्मेलनमा सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्