Logo

५२५ थान लागु औषध विक्री गर्ने क्रममा ४ जना पक्राउ ।



Spread the love

meth_addiction_drugs-e1457561872800-620x412

लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय—पोखराले पाँच सय २५ थान लागु औषध सहित सोमबार चार जनालाई पक्राउ गरेको खबर आजको नयाँ पत्रिकामा छ ।

पक्राउ पर्नेहरुमा नवलपरासी सुनवल नगरपालिका ४, रमवापुर घर भएका २३ बर्षिय रमेश के.सी , पोखरा उपमहानगरपालिका ९, नयाँबजार बस्ने २८ बर्षिया चिना गुरुङ र २४ बर्षका निश्चल श्रेष्ठ , कास्की जिल्ला लेखनाथ नगरपालिका १३ गगनगौडा बस्ने बर्ष २२ का एलेन पुन प्रहरीले जानकारी दिएको छ । उनिहरुको साथबाट नर्फिन एक सय ७५ थान , डाईजापाम एक सय ७५ थान र फेनारगन एक सय ७५ थान बरामत गरेको प्रहरीले जानकारी दिएको छ ।

अवैध रुपमा लागूऔषध खरिद गरी पोखराका विभिन्न क्षेत्रमा विक्री वितरण गर्ने गरेको गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पोखरा ६ लेकसाईडबाट पक्राउ गरेको हो । उनिहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्